Jeremiah 13:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले घृणा गरेका कुरा तैँले गर्दैगरेको उहाँले नै देख्नुभएको छ। तैँले डाँडा र मैदानतिर गरेको घिनलाग्दा कामहरू, तेरा व्यभिचार र वेश्यासँगको सम्बन्ध उहाँले देख्नुभएको छ। हे यरूशलेमका बासिन्दाहरू हो, तिमीहरू अवश्य नै विनाश हुनेछौ, तिमीहरू कहिले शुद्ध होऔला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले डाँड़ाहरू र मैदानहरूमा गरेका तेरा घिनलाग्दा कामहरू— तेरो व्यभिचार, तेरो कामोद्दीपनको हिनहिनाइ, तेरो लाजमर्दो वेश्यावृत्ति मैले देखेको छु। हे यरूशलेम, तँलाई धिक्कार! तँ कहिलेसम्म यसरी अशुद्ध बस्ने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले गरेको व्यभिचार र तेरो कामुकताको हिनहिनाइ, र तेरो शर्मलाग्दो वेश्यावृत्ति! मैले अग्ला डाँडाहरूमा र मैदानहरूमा तेरा घिनलाग्दा वेश्यावृत्तिहरू देखेको छु। हे यरूशलेम, तँलाई धिक्कार छ! तँ कहिलेसम्म यसरी अशुद्ध भइरहनेछस्?”
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु। मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा र मैदानमा आफ्नी प्रेमिकाहरूलाई अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।”