Jeremiah 14:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मानिसहरूबारे परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिनीहरू मदेखि टाढा हुन रुचाउँछन् र आफैंलाई वशमा राख्‍दैनन्। यसैले म तिनीहरूसित प्रसन्‍न छैनँ। म तिनीहरूका अधर्मका कामको सम्‍झना गर्नेछु र तिनीहरूका पापका निम्‍ति तिनीहरूलाई दण्‍ड दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस प्रजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिनीहरू त बरालिएर हिँड्‌न साह्रै मन पराउँछन्‌। तिनीहरूले आफ्‍ना खुट्टालाई वशमा राख्‍दैनन्‌। यसैले परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्‍न। अब उहाँले तिनीहरूका अधर्मको सम्‍झना गर्नुहुनेछ, र तिनीहरूका पापको दण्‍ड तिनीहरूलाई दिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस जातिको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू बाटो बिराएर हिँड्न साह्रै मन पराउँछन्; तिनीहरूले आफ्ना खुट्टाहरूलाई वशमा राख्दैनन्। यसकारण याहवेहले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न; अब उहाँले तिनीहरूका दुष्‍टतालाई सम्झनुहुन्छ, र तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पराउँछन्। मलाई त्याग्नु तिनीहरू आफैलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।”