Jeremiah 14:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूले भविष्यवाणी सुनाएका मानिसहरूका लाश यरूशलेमका गल्लीहरूमा पडिरहनेछन् र ती गाड्न कोही मानिस हुनेछैन। तिनीहरू सबैका आफ्ना स्वास्नीहरू र छोरा-छोरीहरू समेतको त्यही गति हुनेछ। तिनीहरूलाई आफ्ना दुष्ट्याइँको फल आफैं भोग्न लाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले अगमवाणी गरेका ती मानिसहरूचाहिँ तरवार र अनिकालको कारण यरूशलेमका गल्लीहरूमा फ्याँकिनेछन्। तिनीहरू, तिनीहरूका पत्नीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूलाई गाड्ने कोही हुनेछैन। तिनीहरूले पाउनुपर्ने सङ्कष्ट म तिनीहरूमाथि नै खन्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती झूटा अगमवक्ताहरूले अगमवाणी गरिरहेका मानिसहरू अनिकाल र तरवारको कारण यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्। तिनीहरू, तिनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई गाड्ने कोही पनि हुनेछैनन्। म तिनीहरूले भोग्नुपर्ने विपत्ति तिनीहरूमाथि खन्याइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।