Jeremiah 14:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई मेरो शोकबारे मानिसहरूलाई यसो भन्ने आज्ञा गर्नुभयो, “मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्। त्यो कहिल्यै नथामियोस् किनभने मेरा प्रजालाई गहिरो चोट लागेको छ र तिनीहरूलाई ठूलो चोट परेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले तिनीहरूलाई यो कुरा भन्: मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्। त्यो बग्न नथामिओस्, किनकि मेरो प्रजा, मेरी कन्ये-छोरीले साह्रै चोट पाएकी छ, ठूलो चोट पार्ने चुटाइ त्यसले पाएकी छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले तिनीहरूलाई यो वचन भन्नू: “ ‘मेरा आँखाबाट आँसुको धारा नथामियोस् र मेरो आँसु दिनरात बगिरहोस्; किनकि मेरो जातिको कुमारी छोरीलाई, गहिरो चोट लागेको छ, र ठूलो चोट लाग्ने प्रहार भएको छ।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरूमा यी वचनहरू घोषणा गर, ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।