Jeremiah 14:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म मैदानमा जाँदछु, तब लडाइँमा मारिएका मानिसहरूका लाश देख्‍दछु। जब म सहरमा जाँदछु, मानिसहरू भोकले मरिरहेका देख्‍दछु। अगमवक्ताहरू र पूजाहारीहरू सबैले आ-आफ्‍ना काम त गरिरहेका छन्। तर तिनीहरूले के काम गरिरहेका छन्, त्‍यसको तिनीहरूलाई केही अत्तोपत्तो छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि म देशमा गएँ भने त्‍यहाँ तरवारले मारिएकाहरू देख्‍छु। यदि म सहरमा पसें भने त्‍यहाँ अनिकालले पीडित भएकाहरू देख्‍छु। अगमवक्ता र पूजाहारी दुवै तिनीहरूले नजानेको देशमा गएका छन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि म देशभित्र गएँ भने, म तरवारद्वारा मारिएकाहरूलाई देख्छु; यदि म सहरभित्र गएँ भने, म अनिकालले पीडित मानिसहरूलाई देख्छु। अगमवक्ता र पुजारी दुवै, तिनीहरूले नचिनेको देशमा गएका छन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘