Jeremiah 14:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पानी नपरेकोले जमिन सुख्‍खा भएको छ। किसानहरूका मनमा पीर परेको छ र तिनीहरूले आफ्‍ना मुख लुकाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशमा पानी नपरेकोले गर्दा जमिन चिराचिरा परेको छ। किसानहरू हरेस खाएर आफ्‍ना टाउका ढाक्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशमा वर्षा नभएको कारण जमिन चर्केर चिरा-चिरा परेको छ; किसानहरू निराश भएका छन्, र तिनीहरूले आफ्ना शिर ढाकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
अनावृष्टि भएको कारण किसानहरूले खेतमा हलो जोतेनन्। यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे।