Jeremiah 14:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो प्रजाले यसो भन्दै मेरो पुकारा गर्दछ, ‘हाम्रा पापले हामीलाई नै दोषी ठहराए तापनि, हे परमप्रभु, आफ्नै नामको खातिर हामीलाई मद्दत गर्नुहोस्। धेरै पल्ट हामी तपाईंदेखि तर्किगएका छौं, तपाईंका विरुद्धमा हामीले पाप गरेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा अधर्मले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे परमप्रभु, तपाईंकै नाउँको खातिर केही काम गर्नुहोस्। किनकि हाम्रो धर्म-त्याग साह्रै ठूलो भयो। हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे याहवेह, तपाईंको नामको खातिर हामीलाई सहायता गर्नुहोस्। किनकि हामीले तपाईंको विरुद्धमा बारम्बार पाप गरेका छौँ; हामीले धेरै अपराधहरू गरेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
“हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।