Jeremiah 14:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं इस्राएलका एक मात्र आशा हुनुहुन्‍छ, तपाईंले हामीलाई विपत्तिबाट बचाउनुहुन्‍छ। किन तपाईं हाम्रो देशमा एउटा बिरानो मानिसझैँ हुनुभएको? किन एकै रात मात्र अडिने बटुवाझैँ हुनुभएको?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे इस्राएलको आशा, दु:खको बेलामा त्‍यसलाई उद्धार गर्नुहुने, यस देशमा तपाईं किन एक परदेशीजस्‍तै हुनुहुन्‍छ? एक रातको निम्‍ति मात्र अड़िने यात्रीजस्‍तै किन हुनुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईं इस्राएलको आशा हुनुहुन्छ, सङ्कष्‍टको समयमा इस्राएलको उद्धारकर्ता, एक रातको लागि मात्र बास बस्‍ने यात्रीजस्तै, तपाईं किन यस देशमा एक परदेशीजस्तो हुनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।