Jeremiah 15:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाय! हाय! मेरी आमाले किन मलाई जन्‍माइन् नि? देशका हरेक मानिससित मैले विवाद र झगडा गर्नुपर्छ। मैले कसैलाई केही ऋण दिएको छैनँ, कसैबाट केही ऋण लिएको छैनँ र पनि सबैले मलाई सराप्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाय, मेरी आमा, किनकि तपाईंले मलाई जन्‍म दिनुभयो, मजस्‍तोलाई, जोसँग सारा देश झगड़ा र विवाद गर्छ। मैले न त ऋण दिएको छु, न ऋण लिएको छु, तापनि सबै जना मलाई सराप्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मियाले भने, हाय म कस्तो दुःखी मान्छे हुँ। मेरी आमाले मजस्तो मानिसलाई जन्माउनुभयो! एउटा यस्तो मानिस, जससँग सारा देशले झगडा र विवाद गर्छ! मैले तिनीहरूलाई न ऋण दिएको छु, न त ऋण नै लिएको छु, तर पनि सबै मानिसहरूले मलाई सराप्छन्।
Nepali ERV (पवित्र बाइबल)
हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।