Jeremiah 15:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सारा देशभरि मेरा प्रजाले गरेका पापको निम्ति दण्ड दिन तिनीहरूका धन-सम्पत्ति र भण्डारका सामानहरू लुटिलैजानलाई म तिनीहरूका शत्रुहरूलाई पठाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको देशभरि आफ्ना सबै पापहरूले गर्दा तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका भण्डारका माल सित्तैँमा म लूटको मालझैँ बाँड़िदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले आफ्नो देशभरि गरेका पापहरूको कारणले तिमीहरूका सम्पत्ति र तिमीहरूका भण्डारहरू, लुटको मालसामानजस्तै, म सितैँमा अरूलाई दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।