Jeremiah 15:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले नचिनेका देशमा म तिनीहरूलाई आफ्‍ना शत्रुहरूको सेवा गर्न लाउनेछु किनभने मेरो रिस आगोझैँ छ र त्‍यो सदा दन्‍किरहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई आफैले नचिनेको देशमा आफ्‍ना शत्रुहरूका कमारा तुल्‍याउनेछु। किनभने मेरो रीसले एउटा आगो सल्‍काउनेछ, जो तिमीहरूका विरुद्धमा निरन्‍तर जलिरहनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले नचिनेका देशमा तिमीहरूलाई आफ्नै शत्रुका दास तुल्याउनेछु; किनकि मेरो क्रोध आगोजस्तै दन्कनेछ, जुन तेरो विरुद्धमा दन्कनेछ।”
Nepali ERV (पवित्र बाइबल)
हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”