Jeremiah 15:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं मसित बोल्‍नुभयो अनि मैले तपाईंको हरेक वचन सुनें। हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, म तपाईंको हुँ र तपाईंका वचनहरूले गर्दा मेरो हृदय आनन्‍द र रमाहटले भरियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तपाईंका वचनहरू आए ती मैले खाएँ, ती मलाई रमाहट, र मेरो हृदयलाई आनन्‍द दिने कुरा भए, किनकि तपाईंको नाउँले म कहलाइन्‍छु, हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तपाईंका वचनहरू आए, मैले ती सबै निलेँ; ती वचनहरू मेरा निम्ति आनन्द र हृदयको निम्ति हर्षको स्रोत थिए; किनकि हे याहवेह सेनाहरूका परमेश्‍वर, मैले तपाईंको नाम बोकेको छु।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।