Jeremiah 15:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्‍नो समय अरू व्‍यक्तिहरूसित हाँस-खेल र मोजमा बिताइनँ। तपाईंले मलाई वशमा राख्‍नुभएको कारण म एक्लै बसिरहें र रीसले चुर भएको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोजमज्‍जा गर्नेहरूको झुण्‍डमा म कहिल्‍यै बसिनँ, न त तिनीहरूसँग मैले हर्ष मनाएँ। म त एकलै बसें, किनभने तपाईंको हात ममाथि थियो र तपाईंले मलाई क्रोधले भरिदिनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मोजमज्जा गर्नेहरूको समूहमा कहिल्यै बसिनँ; तिनीहरूसँग कहिल्यै रमाइलो गरिनँ; म एकलै बसेँ, किनकि तपाईंको हात ममाथि थियो र तपाईंले मलाई रिसले भरिदिनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए म कहिल्यै भीडमा बसिन। म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।