Jeremiah 15:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कष्ट किन रोकिंदैन? मेरो चोट किन निको हुँदैन? किन बिसेक हुँदैन? सुकिजाने खहरे खोलाले जस्तै के तपाईंले मलाई धोका दिनुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दु:ख किन थामिँदैन? र मेरो चोट किन कष्टकर र निको नहुने भएको छ? के तपाईं मेरो लागि धोका दिने खोलाझैँ, पानी नआउने मुहानझैँ हुनुहुनेछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो पीडाको अन्त्य किन हुँदैन, र मेरो घाउ किन पीडादायक र निको नहुने भएको छ? के तपाईं मेरा निम्ति सुकेर जाने खोल्साजस्तै हुनुहुन्छ, भर पर्न नसकिने मुहानजस्तै?
Nepali ERV (पवित्र बाइबल)
किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।”