Jeremiah 15:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई तिनीहरूका सामुन्‍ने एउटा काँसाको पर्खालझैँ बलियो बनाउनेछु। तिनीहरूले तेरो विरुद्धमा लडाइँ गर्नेछन् तर विजयी हुनेछैनन्। तेरो रक्षा गर्न र खतरादेखि बचाउन म तँसित रहनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई यस प्रजाको निम्‍ति काँसाको बलियो किल्‍ला भएको पर्खाल बनाउनेछु। तिनीहरू तेरो विरुद्धमा लड़ाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउन र उद्धार गर्नलाई म तँसित छु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई यी मानिसहरूका निम्ति एउटा पर्खाल, काँसाको एउटा किल्‍ला बनाउनेछु; तिनीहरू तेरो विरुद्धमा लडाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्; किनकि तँलाई विजय दिन र बचाउन म तेरो साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।