Jeremiah 15:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु भन्दछु कि तिनीहरूमाथि चार किसिमका विनाश ल्याउनेछु। तिनीहरू लडाइँमा मारिनेछन्, तिनीहरूका लाश कुकुरले फहराउनेछन् र चरा-चुरुङ्गीहरूले ठुँगी खानेछन् र उब्रेकालाई जङ्गली जनावरहरूले टोकी खानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तिनीहरूका विरुद्धमा चार किसिमका सर्वनाश गर्नेहरू पठाउनेछु,” परमप्रभु भन्नुहुन्छ, “मार्नलाई तरवार, तानेर लैजानलाई कुकुर, आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूचाहिँ निल्न र नाश गर्नलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “म तिनीहरूका विरुद्धमा चार किसिमका विनाशहरू पठाउनेछु: तिनीहरूलाई मार्नलाई तरवार, घिसार्दै लैजानलाई कुकुरहरू; अनि निल्न र नाश गर्नलाई आकाशका चराहरू र जमिनका पशुहरू।
Nepali ERV (पवित्र बाइबल)
म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।