Jeremiah 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशको हरेक सहरमा मैले तिमीहरूलाई परालझैँ बतासमा उडाइदिएँ। ए मेरा प्रजा, मैले तिमीहरूलाई नाश गरें, तिमीहरूका बाल-बच्‍चा मारिदिएँ किनभने तिमीहरूले आफ्‍ना दुष्‍ट चालहरू छोडेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई देशका सहरहरूका मूल ढोकाहरूमा नाङ्‌लोले निफनेझैँ निफन्‍नेछु। म मेरो प्रजामाथि शोक र सर्वनाश ल्‍याउनेछु, किनकि तिनीहरूले आफ्‍ना चाल बदली गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशका मूलढोकाहरूमा म तिनीहरूलाई नाङ्लोले निफनेझैँ निफन्‍नेछु। म मेरा मानिसहरूमाथि तिनीहरूका सन्तानको शोक र सर्वनाश ल्याउनेछु; किनकि तिनीहरूले आफ्ना मार्गहरू बदली गरेका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले यस ठाउँको शहरका फाटकहरूमा तितर-बितर पारिदिनेछु। मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु। म तिनीहरूका नानीहरू लैजानेछु।