Jeremiah 15:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका देशमा समुद्रको बालुवाका सङ्‍ख्‍याभन्दा धेरै विधवाहरू छन्। तिमीहरूका ठिटाहरूलाई मैले मारें र तिमीहरूका आमाहरूलाई शोकित तुल्‍याएँ। एक्‍कासि वेदना र आतङ्क मैले तिनीहरूमाथि ल्‍याएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूका विधवाहरूको संख्‍या समुद्रका बालुवाको संख्‍याभन्‍दा धेरै बनाउनेछु। मध्‍यदिनमा तिनीहरूका जवान मानिसहरूका आमाहरूका विरुद्धमा एउटा सर्वनाश गर्नेलाई ल्‍याउनेछु। शोक र त्रास एक्‍कासि म तिनीहरूमाथि ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूका विधवाहरूको संख्या समुद्रको बालुवाभन्दा धेरै बढाउनेछु। मध्यदिनको समयमा म तिनीहरूका जवान ठिटाहरूका आमाहरूको विरुद्धमा एक जना विनाशकर्तालाई ल्याउनेछु; म तिनीहरूमाथि एक्‍कासि सङ्कष्‍ट र त्रास ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।