Jeremiah 15:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात छोरा-छोरीकी आमा तिनीहरूको मृत्‍युले बेहोश भएकी छे र सास फेर्न कष्‍ट पाइरहेकी छे। त्‍यसको दिनको उज्‍यालो अन्‍धकार बनिएको छ, त्‍यसको अपमान भएको छ र त्‍यसको मनमा पीर छ। तिमीहरूमध्‍ये जो अझसम्‍म बाँचेका छौ, म तिमीहरूका शत्रुका हातमा दिएर मार्न लाउनेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात जनाकी आमा बेहोश भई मर्नेछे। दिन छँदै त्‍यसको सूर्य अस्‍ताइहाल्‍नेछ। त्‍यो अपमानित भई लाजमा पारिनेछे। तिनीहरूमा बचेकाहरूलाई चाहिँ म तिनीहरूका शत्रुहरूका सामु तरवारले काट्‌न लाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात जनाकी आमा बेहोश हुनेछे, र त्यसले आफ्नो अन्तिम सास फेर्नेछे। दिन छँदै त्यसको सूर्य अस्ताउँछ; त्यो अपमानित हुनेछे र शर्ममा पर्नेछे। बाँचेकाहरूलाई चाहिँ म तिनीहरूका शत्रुहरूको सामु तरवारले मार्न दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ, अनि मानिसहरूलाई मार्ने छ। तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ। सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे। उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ। उसलाई अपमानित र लज्जित पारिनेछ। बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,” परमप्रभु भन्नुहुन्छ।