Jeremiah 16:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तैँले यस जातिका मानिसहरूलाई जब यी सबै कुरा भन्छस्, तिनीहरूले तँलाई यसो भनेर प्रश्न गर्नेछन्, ‘किन परमप्रभुले हामीमाथि यस्तो कडा दण्ड दिने फैसला गर्नुभयो? हामीले के अपराध गरेका छौं? हामीले परमप्रभु हाम्रा परमेश्वरका विरुद्धमा के पाप गरेका छौं?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब तैंले यस जातिलाई यी सबै कुरा भन्छस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन परमप्रभुले हाम्रो विरुद्धमा यस्तो ठूलो विपत्ति आओस् भनी खटाउनुभएको छ? हामीले के भूल गरेका छौं? परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा हामीले कुनचाहिँ पाप गरेका छौं र?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब तैँले यी मानिसहरूलाई यी सबै कुरा भन्नेछस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन याहवेहले हाम्रो विरुद्धमा यति ठूलो विपत्ति जारी गर्नुभएको छ? हामीले के अपराध गरेका छौँ र? हामीले याहवेह हाम्रा परमेश्वरको विरुद्धमा के पाप गरेका छौँ र?’
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’