Jeremiah 16:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तैँले परमप्रभु यसो भन्नुहुन्छ भनी तिनीहरूलाई जवाफ दे, ‘तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर विराना देवताहरूको पूजा र सेवा गरे र मेरा शिक्षा पालन गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तैंले तिनीहरूलाई यसो भन्, ‘किनभने तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर पराई देवताहरूका पछि लागेर तिनीहरूको सेवा गरे र तिनीहरूलाई पुजे,’ परमप्रभु भन्नुहुन्छ। “तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्था पालन गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूलाई भन्, ‘किनभने तिमीहरूका पितापुर्खाहरूले मलाई त्यागेर अरू देवताहरूको पछि लागे; अनि तिनीहरूको सेवा गरे र तिनीहरूको पूजा गरे। तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्थालाई पनि पालन गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।