Jeremiah 16:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब म तिमीहरूलाई यस देशबाट निकालेर अर्को यस्‍तो देशमा हालिदिनेछु, जसबारे तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले केही पनि जानेका छैनन्। अनि त्‍यहाँ तिमीहरूले रात र दिन विराना देवताहरूको सेवा गर्नेछौ अनि म तिमीहरूमाथि आफ्‍नो कृपा देखाउनेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले न त तिमीहरूले न तिमीहरूका पिता-पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फालिदिनेछु। त्‍यहाँ तिमीहरूले रातदिन अरू देवताहरूको सेवा गर्नेछौ, किनकि म तिमीहरूमाथि मेरो निगाह राख्‍नेछैनँ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिमीहरूलाई यस देशबाट निकालेर तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नचिनेको देशमा फ्याँकिदिनेछु; अनि तिमीहरूले त्यहाँ दिनरात अरू देवताहरूको सेवा गर्नेछौ; किनकि म तिमीहरूमाथि कुनै दया देखाउनेछैन।’
Nepali ERV (पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’