Jeremiah 16:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍नेछन्। मैले तिनीहरूका पिता-पुर्खालाई दिएको आफ्‍नै देशमा तिनीहरूलाई फर्काई ल्‍याउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले भन्‍नेछन्, ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’। किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई म फेरि ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले यसो भन्‍नेछन्, ‘निश्‍चय नै जीवित याहवेहको नाममा, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै सहरहरूबाट निकालेर ल्याउनुभयो।’ किनकि मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“मानिसहरूले शपथ ग्रहण गर्नेछन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।’ मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु।