Jeremiah 16:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पाप र दुष्‍ट्याइँको निम्‍ति म तिनीहरूलाई दोब्बर दण्‍ड दिनेछु किनभने तिनीहरूले मेरो देशलाई मुर्दाझैँ निर्जीव मूर्तिहरूले बिटुलो पारेका छन् र झूटा देवताहरूले भरेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको अधर्म र पापको निम्‍ति म तिनीहरूलाई दोबर दण्‍ड दिनेछु, किनकि तिनीहरूले मेरो देशलाई आफ्‍ना घृणित प्रतिमाहरूका निर्जीव आकारहरूले बिटुलो पारेका छन्, र मेरो उत्तराधिकारलाई तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरूले भरेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूका दुष्‍टता र तिनीहरूका अपराधका निम्ति दोबर दण्ड दिनेछु; किनकि तिनीहरूले मेरो देशलाई तिनीहरूका घृणित मूर्तिहरूका निर्जीव आकृतिहरूले अशुद्ध पारेका छन्, र मेरो उत्तराधिकारको देशलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरिदिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुन क्षतिपूर्ण गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”