Jeremiah 16:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, मेरो बल र मेरो किल्‍ला, दु:खका दिनमा मेरो शरणस्‍थान, पृथ्‍वीका कुना-काप्‍चाबाट जाति-जातिहरू तपाईंकहाँ आएर भन्‍नेछन्, “हाम्रा पिता-पुर्खाहरूसित त झूटा देवताहरू, बेकामका मूर्तिहरूबाहेक अरू केही थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मेरो बल र मेरो किल्‍ला, दु:खको दिनमा मेरो शरणस्‍थान, पृथ्‍वीका कुना-कुनाबाट जाति-जातिहरूले तपाईंकहाँ आएर भन्‍नेछन्, “हाम्रा पिता-पुर्खाहरूले त झूटा देवताहरू, लाभ नहुने व्‍यर्थका मूर्तिहरूबाहेक केही पनि अधिकार गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो बल र मेरो किल्‍ला, दुःखको दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना कुनाबाट जातिहरू तपाईंकहाँ आएर भन्‍नेछन्, “हाम्रा पितापुर्खाहरूले झूटा देवताहरूबाहेक केही अधिकार गरेनन्; यस्ता काम नलाग्ने मूर्तिहरू, जसले तिनीहरूलाई केही फाइदा भएन।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”