Jeremiah 16:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यसकारण म एकै पल्टमा ती जातिहरूलाई सदाकालको निम्ति मेरो शक्ति र सामर्थ्य देखाउनेछु। म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण म तिनीहरूलाई सिकाउनेछु, यस पल्ट म तिनीहरूलाई मेरो शक्ति र पराक्रम देखाउनेछु। तब तिनीहरूले मेरो नाउँ परमप्रभु हो भनी जान्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण म तिनीहरूलाई सिकाउनेछु; यस पटक म तिनीहरूलाई मेरो शक्ति र महानता देखाउनेछु। तब मेरो नाम याहवेह हो भनी तिनीहरूले जान्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्। तिनीहरूलाई अघिबाटै म मेरो शक्ति र बल विषयमा बताउनेछु। तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”