Jeremiah 17:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हे परमप्रभु, तिनीहरूमाथि विपत्ति ल्याउनुहोस् भनी मैले तपाईंसित कहिल्यै बिन्ती गरिनँ। तिनीहरूमाथि दु:खका दिन आऊन् भन्ने इच्छा मैले गरिनँ। हे परमप्रभु, मैले के भनें, त्यो तपाईंलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको गोठालो हुनदेखि म भागेको छैनँ। तपाईं जान्नुहुन्छ कि निराशाको दिनको इच्छा मैले गरेको छैनँ। मेरो मुखबाट जे निस्कन्छ, त्यो तपाईंको सामुन्ने खुला छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंको सेवामा गोठालो हुनदेखि भागेर गएको छैन; तपाईंलाई थाहा छ, मैले निराशको दिन चाहेको छैन। मेरा ओठबाट निस्केका सबै कुरा तपाईंकै सामु छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, म तपाईंको गोठोला बनिनुबाट भागेर गईन्। मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन। तपाईं जान्नुहुन्छ तपाईंको मैले अघि के भनेको थिएँ यो तपाईंको सामु छ।