Jeremiah 17:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] हरेक हरियो रूखनिर डाँडा-डाँडाका टुप्‍पामा हरेक हरियो रूखनिर र खुल्‍ला मैदानका पहाडहरूमाथि अशेरा-देवीका वेदीहरूमा मूर्तिहरूको पूजा गरेका तेरा छोरा-छोरीहरूलाई पनि याद छ। सारा देशभरि तैँले गरेका पापहरूका कारणले गर्दा तेरा सबै धन-सम्‍पत्ति म तेरा शत्रुहरूलाई लुटी लैजान दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झ्‍याम्‍म परेका रूखहरूनेर र अल्‍गा डाँड़ाहरूमा भएका आफ्‍ना वेदीहरू र अशेराका खम्‍बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्‍मरण गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका छोराछोरीहरूले पनि झाँगिएका रूखहरू र अग्ला डाँडाहरूका छेउमा भएका अशेराका खम्बाहरू र वेदीहरूको सम्झना गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका नानीहरूले झूटा देवताहरूका बेदीहरू संम्झन्छन्। तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन् जुन अशिराहलाई समप्रित गरेको थियो। तिनीहरूले यी कुराहरू हरियो रूखहरू मनी अनि पहाडहरूमाथि सम्झन्छन्।