Jeremiah 17:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी मानिसहरूलाई भन् कि तिनीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नुपर्छ। विश्राम दिनमा तिनीहरूले कुनै भारी यस सहरका मूल-ढोकाहरूबाट बोकेर भित्र लैजानुहुँदैन। त्यस दिनलाई पवित्र दिन मान्नुपर्छ र त्यस दिन केही काम गर्नुहुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, तर यदि तिमीहरूले मेरो कुरा सुन्यौ र शबाथमा सहरका मूल ढोकाहरूबाट कुनै पनि भारी भित्र ल्याएनौ र शबाथ पवित्र मानेर कुनै पनि काम गरेनौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह भन्नुहुन्छ, तर यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्यौ भने, र शब्बाथ दिनमा यस सहरका मूलढोकाहरूबाट कुनै भारी ल्याएनौ र कुनै काम नगरी शब्बाथ दिनलाई पवित्र मान्यौ भने,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेर विश्रामको दिन शहरका मूल-द्वारहरूबाट कुनै भारी भित्र ल्याएनो र विश्राम दिनलाई पवित्र मानी कुनै पनि काम गरेनौ भने,