Jeremiah 17:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका सहरहरूबाट, यरूशलेमका छेउ-छेउका गाउँहरूबाट मानिसहरू आउनेछन्। तिनीहरू बेन्‍यामीनका इलाकाबाट, बेसीहरूबाट अनि पहाडहरू र दक्षिणी यहूदाबाट आउनेछन्। तिनीहरूले मेरो मन्‍दिरमा होमबलि र अरू बलिदानहरू, अन्‍नबलि र धूप अनि धन्‍यवादका बलिहरू ल्‍याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका नगरहरूबाट र यरूशलेमका चारैतिरका गाउँहरूबाट, बेन्‍यामीनको इलाकाबाट, तराईबाट, पहाड़ी देशबाट र नेगेवबाट होमबलि, बलिदानहरू, अन्‍नबलि र धूप र धन्‍यवादका बलिहरू लिएर मानिसहरू परमप्रभुको भवनमा आउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू यहूदाका सहरहरूबाट र यरूशलेमका वरिपरिका गाउँहरूबाट, बेन्यामीनका प्रान्तहरू र पश्‍चिमी तराई बेँसीहरूबाट, पहाडी मुलुक र दक्षिणबाट होमबलि र बलिदानहरू, अन्‍नबलिहरू, धूप र धन्यवादका भेटीहरू लिएर याहवेहको भवनमा आउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका सु-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, र धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्।