Jeremiah 18:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण अब यहूदा र यरूशलेमका बासिन्दाहरूलाई भन् कि म परमप्रभुले तिनीहरूका विरुद्धमा एउटा युक्ति रच्दै छु र तिनीहरूलाई दण्ड दिने तयारी गर्दै छु। तिनीहरूलाई आफ्ना पापी जीवन छाड्न र आफ्ना चालचलन सुधार्न भन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरूलाई भन्, ‘परमप्रभु यही भन्नुहुन्छ: हेर, म तिमीहरूका विरुद्धमा सर्वनाश तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा एउटा युक्ति रचिरहेछु। यसैले तिमीहरू हरेक आ-आफ्नो दुष्ट मार्गबाट फर्क, र तिमीहरूका चाल र कामहरू सुधार’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: हेर! म तिमीहरूका निम्ति विपत्ति तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा योजना बनाउँदैछु। यसकारण तिमीहरू हरेक आफ्नो दुष्ट कामबाट फर्क; अनि तिमीहरूका चालहरू र तिमीहरूका कामहरू सुधार।’
Nepali ERV (पवित्र बाइबल)
“यसकारण यर्मिया, अब यहूदाका मानिसहरू र यरूशलेममा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विरूद्ध योजनाहरू बनाइरहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु वन्द गरोस्। प्रत्येक मानिस परिर्वतन होऊ र असल कुराहरू गर।’