Jeremiah 18:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरा प्रजाले मलाई भुलेको छ, तिनीहरूले व्‍यर्थका मूर्तिहरूलाई धूप बालेका छन् र आफू हिंड्‍ने बाटोमा ठेस खाएका छन्। तिनीहरूले आफ्‍नो पुरानो बाटो बिराएका छन् र तिनीहरू गोरेटोतिर लागेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरै पनि मेरो प्रजाले त मलाई बिर्सिसकेको छ, तिनीहरू बेकामका मूर्तिहरूलाई धूप बाल्‍छन्, जसले तिनीहरूलाई आफ्‍ना मार्गमा र पुराना बाटाहरूमा ठेस खान लगाएका छन्, र तिनीहरूलाई पक्‍की सड़कमा होइन तर गोरेटोतिर हिँड़ाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्; तिनीहरू काम नलाग्ने मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई तिनीहरूका मार्गहरूमा र तिनीहरूका पुराना मार्गहरूमा ठेस लाग्ने तुल्याएका छन्। ती मूर्तिहरूले मानिसहरूलाई अप्ठ्यारा गोरेटोहरूमा र नबनाइएका बाटोहरूमा हिँडाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर मेरा मानिसहरूले मलाई बिर्सिए। तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए। तिनीहरू पूरानो पथबाट पल्टिए। अहिले तिनीहरू राम्रा सडकहरू छाडेर किनाराका पथहरू पछ्याउँछन्।