Jeremiah 18:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण अब तिनीहरूका छोरा-छोरीहरू भोकले मरून्, तिनीहरूचाहिँ लडाइँमा मारिऊन्, स्‍वास्‍नीहरू विधवा र नि:सन्‍तान होऊन्, पुरुषहरू रुढीले मरून् र जवानहरू लडाइँमा मारिऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनीहरूका छोराछोरीहरूलाई अनिकालको गाँसमा हालिदिनुहोस्, तिनीहरूलाई तरवारको धारमा सुम्‍पिदिनुहोस्‌। तिनीहरूका पत्‍नीहरू निर्वंश र विधवा होऊन्, तिनीहरूका मानिसहरू मृत्‍युमा परून्, तिनीहरूका जवानहरू लड़ाइँमा तरवारले मारिऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूका छोराछोरीहरूलाई अनिकालमा सुम्पिदिनुहोस्; तिनीहरूलाई तरवारको शक्तिमा सुम्पिदिनुहोस्। तिनीहरूका पत्नीहरू निःसन्तान र विधवा होऊन्; तिनीहरूका मानिसहरू लडाइँमा मारिऊन्; तिनीहरूका जवान मानिसहरू लडाइँमा तरवारद्वारा मारिऊन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्। शत्रुका तरवारहरूले तिनीहरू परास्त हउन। तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।