Jeremiah 18:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु, मलाई मार्न तिनीहरूले गरेका सबै षड्यन्‍त्रहरू तपाईंको अघि जाहेरै छ। तिनीहरूका दुष्‍ट्याइँ क्षमा नगर्नुहोस् र पाप नमेटिदिनुहोस्। तिनीहरूको हार गराएर आफ्‍नो अघि लडाइदिनुहोस् र आफ्‍नो क्रोधमा तिनीहरूसित उचित व्‍यवहार गर्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले गरेका सबै षड्‌यन्‍त्र तपाईंलाई जाहेरै छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तिनीहरूका पाप तपाईंको दृष्‍टिदेखि नहटाउनुहोस्‌। तपाईंको सामुन्‍ने तिनीहरू पराजित होऊन्, तपाईंको क्रोधको समयमा तिनीहरूसित उचित व्‍यवहार गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे याहवेह, मलाई मार्ने तिनीहरूका सबै षड्यन्त्रहरू तपाईंलाई थाहा छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तपाईंको दृष्‍टिबाट तिनीहरूका पापहरू नमेटाउनुहोस्। तिनीहरू तपाईंको सामु परास्त होऊन्; तपाईंको क्रोधमा तिनीहरूसित उचित व्यवहार गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्। तिनीहरूका पापहरू नमेटिदिनो होस्। मेरा शत्रुहरूलाई ध्वंस गर्नु होस्। जब तपाईं क्रोधित हुनुहुन्छ। ती मानिसहरूलाई दण्ड दिनु होस्।