Jeremiah 18:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुमालेले माटोसित जे गर्‍यो, के त्‍यसरी नै मैले इस्राएलका प्रजासित गर्ने मेरो हक छैन र? मेरो हातमा तिमीहरू त कुमालेका हातका माटोझैँ छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे इस्राएलको घराना, यस कुमालेले गरेझैँ के म तँलाई पनि गर्न सक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ। “हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैँ तँ पनि मेरो हातमा छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुभयो, “हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका घराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौं। अनि म कुमाले जस्तो हुँ।