Jeremiah 19:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई सर्वशक्तिमान् परमप्रभुले भन्‍नुभएको यी कुरा पनि सुनाउने आदेश उहाँले मलाई दिनुभयो, “म यो सहर र यी मानिसहरूलाई तोड्‍नेछु र तिनीहरू फुटेको गाग्रोझैँ हुनेछन्, जुन फेरि जोडिन सक्‍दैन। मानिसहरूले तोपेतमा समेत लाश गाड्‍नेछन् किनभने अरू कतै गाड्‍ने ठाउँ पाइनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तैंले तिनीहरूलाई यसो भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: जसरी कुमालेको यो भाँड़ो कहिल्‍यै नजोड़िने गरी फुटेको छ, त्‍यसरी नै म यस जाति र यस सहरलाई फुटाएर नाश गर्नेछु। लाश गाड्‌ने ठाउँ नसकिउञ्‍जेलसम्‍म मानिसहरूले तोपेतमा लाश गाड्‌नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: जसरी कुमालेले यस भाँडोलाई फुटाएपछि यो फेरि जोडिन सक्दैन, त्यसरी नै म यस जाति र यरूशलेम सहरलाई फेरि नजोडिने गरी टुक्रा-टुक्रा पारिदिनेछु। तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहने गरी लासलाई गाड्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन हुनु सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन।