Jeremiah 19:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका घरहरू, यहूदाका राजाहरूका महलहरू र ती सबै घरहरू कौसीमा आकाशका नक्षत्रहरूलाई धूप बालिएका छन् र बिराना देवताहरूलाई मद्य-बलि चढाएका छन्, ती सबै तोपेतजस्तै बिटुलो पारिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमका घरहरू र यहूदाका राजाका घरहरू यो ठाउँ तोपेतजस्तै बिटुला पारिनेछन्— ती सबै घरहरू, जसका कौसीहरूमा आकाशका सारा ग्रह-नक्षत्रहरूका निम्ति तिनीहरूले धूप बाले र पराई देवताहरूका निम्ति अर्घ-बलि चढ़ाए’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमका घरहरू र यहूदाका राजाहरूका घरहरू तोपेतझैँ अशुद्ध पारिनेछन्, अर्थात् ती सबै घरहरू, जसमा तिनीहरूले आकाशका सारा तारामण्डलका निम्ति छानामा धूप बाले, र अरू आकाशको देवताहरूका निम्ति अर्घबलिहरू चढाए।’ ”
Nepali ERV (पवित्र बाइबल)
‘यरूशलेमका घरहरू र यहूदाको राजाका महलहरू तोपेतको ठाउँहरू जस्तै “अशुद्ध” पार्नेछु। यस्तो चीजहरू किन हुन्छ? किनभने मानिसहरूले ती घरहरूका छानामाथि झूटो देवताहरू पूजे। तिनीहरूले ताराहरू पूजे र तिनीहरूका सम्मानमा होमबलि समर्पित गरे। तिनीहरूले अरू देवताहरूलाई अर्घबलि चढाए।”‘