Jeremiah 19:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका परमेश्‍वर सर्वशक्तिमान् परमप्रभुले भन्‍नुभएको यो कुरा मैले भनें, “म यस सहर र छेउ-छाउका हरेक स-साना सहरमाथि आफूले भनेका सबै दण्‍ड ल्‍याउनेछु किनभने तिमीहरू ढिट छौ र मेरा वचन सुन्‍दैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘ध्‍यानसित सुन। म यस सहरमा र यसका चारैतिरका गाउँहरूका विरुद्धमा मैले भनेका सबै सर्वनाश ल्‍याउनेछु, किनभने तिनीहरू ढीट भएर बसे, र मेरा वचन तिनीहरूले ध्‍यानसित सुनेनन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘सुन! म यो सहर र यसका चारैतिरका गाउँहरूमा मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको हरेक विपत्ति ल्याउन लागेको छु; किनकि तिनीहरू ढीट भएका छन् र मेरो वचन पालन गरेका छैनन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
“यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।”‘