Jeremiah 19:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई यसो भन्‍ने आदेश दिनुभयो, “हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्‍दाहरू हो, म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर के भन्‍न चाहन्‍छु, त्‍यो सुन। म यस ठाउँमा यस्‍तो विपत्ति ल्‍याउनेछु कि त्‍यसका बारेमा सुन्‍ने सबै स्तब्ध हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले घोषणा गर्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: सुन, म यस ठाउँमा यस्‍तो सर्वनाश ल्‍याउनेछु जसले गर्दा त्‍यसको विषयमा सुन्‍नेहरू सबैका कान झनझनाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यसो भन्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: सुन! म यस ठाउँमा विपत्ति ल्याउनेछु, जसको बारेमा सुन्‍ने हरेकको कान झनझनाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ।