Jeremiah 19:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यस्‍तो समय आउनेछ, जब त्‍यो ठाउँ तोपेत वा हिन्‍नोमको बेँसी भनिनेछैन। तर त्‍यसको सट्टामा हत्‍याको बेसी भनिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले होशियार रहो, यस्‍तो दिन आउँदैछ, परमप्रभु भन्‍नुहुन्‍छ, जब यो ठाउँ फेरि कहिल्‍यै मानिसहरूले तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी भन्‍नेछैनन्, तर हत्‍याको बेँसी भन्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण होसियार रहो, याहवेह भन्‍नुहुन्छ, यस्ता दिनहरू आउँदैछन्, जब मानिसहरूले यस ठाउँलाई फेरि तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी भन्‍नेछैनन्, तर हत्याको बेँसी भन्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन।