Jeremiah 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मेरा प्रजाले दुई वटा पाप गरेका छन्: म जीवन दिने पानीका फोहोराबाट टाढा भएका छन् र आफ्नो निम्ति चुहुने फुटेको पानी कुण्ड बनाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्: तिनीहरूले मलाई त्यागेका छन्, जिउँदो पानीको मूललाई; अनि तिनीहरूले पानी नअडिने आफ्नै कुवाहरू खनेका छन्।
Nepali ERV (पवित्र बाइबल)
“मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हूँ अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।