Jeremiah 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूलाई खुबै मन परेको दाखलताझैँ उत्तम बिरुवा लिएर तँलाई रोपेको थिएँ। तर हेर, अब के भइस्। तँ एउटा सडेको बेकम्‍मा दाखको बोट मात्र भएको छस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले त तँलाई भरिलो र भरपर्दोजस्‍तो गरी छानेको दाखको बोट पो रोपेको थिएँ। तँ कसरी मेरो विरुद्ध उठी भ्रष्‍ट जङ्गली दाखको बोट भइस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तँलाई एक असल र भरपर्दो बोटबाट एउटा उत्तम दाखको बोटझैँ रोपेको थिएँ। तर कसरी तँ मेरो विरुद्धमा खडा भएर, भ्रष्‍ट जङ्गली दाखको बोट भइस्?
Nepali ERV (पवित्र बाइबल)
यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थिये। तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ। कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याँग भयो जसले नराम्रो फल फलाउँदछ?