Jeremiah 2:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निर्जनस्‍थानमा रहने बानी भएको कामातुर भएर हावामा सुँघी हिंड्‍ने जङ्गली गधैनीजस्‍तै तँ भएको छस्। कसले त्‍यसलाई वशमा पार्न सक्‍छ? त्‍यसलाई खोज्‍न गधालाई केही दु:ख गर्नुपर्दैन, त्‍यसका ऋतुमा त्‍यसलाई भेट्टाइहाल्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उजाड़-स्‍थानमा बस्‍ने आदत भएकी, कामातुर भएर हावा सुँघिहिँड़ने वन-गधैनी। त्‍यसको कामवासनालाई कसले रोक्‍न सक्‍छ र? त्‍यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन, किनकि मिसिने ऋतुमा तिनीहरूले त्‍यसलाई भेट्टाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उजाडस्थानमा रहने बानी भएकी, कामुक भएर हावा सुँघिहिँड्ने जङ्गली गधैनीजस्तै। त्यसको उन्मात कामुकतालाई कसले रोक्न सक्छ? त्यसलाई पछ्याउने गधाहरूले आफूलाई थकाउनुपर्दैन; कामवासनाको समयमा तिनीहरूले त्यसलाई भेट्टाइहाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं। काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छे। त्यो त्यति कामातुर रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन। काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।