Jeremiah 2:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल, तँ मेरो निम्‍ति पवित्र थिइस् र मलाई चढाएको कटनीको अगौटे फल थिइस्। तँलाई हानि गर्ने प्रत्‍येकलाई मैले कष्‍ट र विपत्ति पठाइदिएँ। म परमप्रभु बोलेको छु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएल आफ्‍ना परमप्रभुको निम्‍ति पवित्र थियो, त्‍यो उहाँको फसलको अगौटे फल थियो। त्‍यसलाई निल्‍नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका निम्ति इस्राएल पवित्र थियो; उहाँको फसलको पहिलो फल थियो; इस्राएललाई निल्नेहरू सबै दोषी ठहरिए; अनि तिनीहरूमाथि विपत्ति आइलाग्यो,’ ” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए। तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए। अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए उनीहरूलाई दोषी साबित गरियो अनि तिनीहरूमाथि कष्ट आइपर्यो।”‘ यो सन्देश परमेश्वरबाट आएको थियो।