Jeremiah 2:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो पुस्‍ताका इस्राएलका मानिसहरू हो, मेरा कुरामा कान थाप। के म तिमीहरूको निम्‍ति एउटा मरुभूमि अथवा अन्‍धकारको देशजस्‍तै भएँ? तब किन तिमीहरू हामी आफू खुसी गर्नेछौं र फेरि तपाईंकहाँ आउनेछैनौं भन्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे यस पुस्‍ताका मानिस हो, परमप्रभुको वचनमा विचार गर। के म इस्राएलीको निम्‍ति एक मरुभूमि अथवा बाक्‍लो अन्‍धकारको देश भएँ र? किन मेरो प्रजाले यसो भन्‍छ, ‘हामी घुम्‍नलाई स्‍वतन्‍त्र छौं, हामी तपाईंकहाँ फेरि कहिल्‍यै आउनेछैनौं’?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस पुस्ताका मानिसहरू, तिमीहरूले याहवेहको वचन विचार गर: “के म इस्राएलका निम्ति मरुभूमि अथवा घोर अन्धकारको देशजस्तै भएको छु? किन मेरा मानिसहरूले यसो भन्छन्, ‘हामी आफूखुशी गर्न स्वतन्त्र छौँ; हामी तपाईंकहाँ फेरि फर्केर आउनेछैनौँ?’
Nepali ERV (पवित्र बाइबल)
यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?