Jeremiah 2:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तरुनीले आफ्‍ना गहनापात अथवा दुलहीले आफ्‍ना बिहेका वस्‍त्र बिर्सिन्‍छे र? तर मेरा प्रजाले मलाई कति दिनदेखि भुलिसके, त्‍यसको गन्‍ती नै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के कुमारीले आफ्‍ना रत्‍नहरू, दुलहीले आफ्‍ना विवाहका गरगहनाहरू बिर्सन सक्‍छे र? तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के एउटी कन्याले आफ्ना गरगहना, वा एउटी दुलहीले आफ्नो विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तापनि मेरा मानिसहरूले, धेरै समयदेखि मलाई बिर्सेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्। एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन। तर मेरो मानिसहरूले मलाई धेरै चोटी भुलेका छन्।