Jeremiah 2:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ यसो भन्छस्, ‘म त निर्दोष छु, अवश्यै परमप्रभु मसित रिसाउनुभएको छैन।’ तर तैँले पाप गरेको कुरा अस्वीकार गरेको कारणले नै म परमप्रभुले तँलाई दण्ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ भन्छस्, ‘म त निर्दोष छु। उहाँ मसित रिसाउनुहुन्न’। तर, ‘मैले पाप गरेकी छैनँ’ भनी तैंले भनेको कारण म तेरो न्याय गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ भन्छस्, ‘म त निर्दोष छु; उहाँ मसित रिसाउनुभएको छैन।’ तर तैँले, ‘मैले पाप गरेकी छैनँ’ भनेकै कारण म तेरो न्याय गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु। परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’ यसकारण म तिम्रो न्याय गर्नेछु कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’