Jeremiah 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “तेरा पुर्खाहरूले मेरा विरुद्धमा के दोष पाए? के कुरोले गर्दा तिनीहरू मबाट टाढा भए? तिनीहरूले बेकामका मूर्तिहरू पुजे र आफैं पनि बेकम्‍मा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्‍यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले ममा के दोष भेट्टाए, र तिनीहरू मबाट यति धेरै टाढा भए? तिनीहरू काम नलाग्ने मूर्तिहरूका पछि लागेर तिनीहरू आफैँ काम नलाग्ने भए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।