Jeremiah 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ। उजाड-भूमिमा, मरुभूमि र बालुवाका ढिस्कै-ढिस्का भएको, कसैले बास नगरेको, खुट्टाले पनि नटेकेको सुख्खा र जोखिमले भरिएको देशका बीचबाट मैले तिनीहरूलाई डोर्याएर ल्याएँ र पनि तिनीहरूले मेरो केही वास्ता गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याउनुभयो, र हामीहरूलाई उजाड़-स्थानमा डोर्याएर ल्याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्गा, पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ? जसले हामीलाई इजिप्टबाट ल्याउनुभयो; र हामीलाई उजाडस्थानबाट मरुभूमिको ठाउँ र खाडलबाट, सुक्खा भूमि र घोर अन्धकार ठाउँबाट, कुनै मानिस नहिँडेको र कोही नबसेको देशबाट डोर्याउनुभयो?’
Nepali ERV (पवित्र बाइबल)
तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुखा र उजाड भूमिमा डोर्याउन भयो। परमप्रभुले हामीलाई अंन्घकार र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?”“