Jeremiah 20:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्‍येकले कानेखुसी गरेको म सुन्‍छु, “चारैपट्टि डरैडर छ, हामी यसको विरुद्धमा हाकिमहरूलाई जाहेर गरौं!” मेरा नजिकका मित्रहरू पनि मेरो पतन हेर्न पर्खिरहन्‍छन्। तिनीहरू भन्‍छन्, “सायद त्‍यो फस्‍ला, तब हामी त्‍यसको दोष पक्रेर त्‍योसित बदला लिन सकौंला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरैले कानेखुसी गरेका म सुन्‍दछु, “त्रास चारैतिर छ! त्‍यसको खबर गरौं! त्‍यसको विरुद्धमा खबर गरौं।” मेरा सबै मित्रहरू यसो भन्‍दै मेरो पतन पर्खिरहेछन्, “शायद त्‍यसले धोका खान्‍छ होला, र हामी त्‍यसमाथि विजयी भएर साटो फेर्न सक्‍छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरैले कानेखुसी गरेको म सुन्दछु, “त्रास चारैतिर छ! त्यसको निन्दा गरौँ! त्यसको विरुद्धमा खबर गरौँ!” मेरा सबै मित्रहरू यसो भन्दै मेरो पतन पर्खिरहेका छन्, “सायद त्यसले धोका खानेछ; तब हामी ऊमाथि विजयी हुनेछौँ, र हामी त्यसमाथि आफ्नो बदला लिनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
म मेरो विषयमा मानिसहरू जही-तही कानेखुशी गरेको सुन्छु, तिनीहरू भन्छन्, “चारैतिर आतंक छ! यो घोषणा गरौं।” मेरा साथीहरू पनि मलाई भ्रममा पार्न पर्खिरहेका छन्। यी मानिसहरू भन्छन् सायद उसलाई छक्काउनु अनि हामी जित्न सक्छौ। तब ऊ माथि हामी बद्ला लिनेछौं।”